Skip to main content

Posts

Showing posts from October, 2014

प्रेमकी देवी

तिमी विना वाच्दिन म, सोच्यौ तिमीले कसरी तिमी मेरो साका संसार, सोच्यौ तिमीले कसरी || गोरेटोहरू जिन्दगीको, एउटा तिम्रो नाममा भयो अल्झि वस्छू वरिपरी, सोच्यौ तिमीले कसरी || माया गर्छू तिमीलाई, अरुलाई नगर्ने हैन भुलिदिन्छ संसारलाई, सोच्यौ तिमीले कसरी || केहि चुम्मन ओठभरी, मन बाध्न काफी छैन प्रेमकी देवी तिमी मात्रै, सोच्यौ तिमीले कसरी || समयको बेग संगै, बगिहिडे म पनि फर्कि आउछू तिम्रैलागी, सोच्यौ तिमीले कसरी || तिमी विना वाच्दिन म, सोच्यौ तिमीले कसरी तिमी मेरो साका संसार, सोच्यौ तिमीले कसरी ||