Skip to main content

Posts

Showing posts from 2014

प्रेमकी देवी

तिमी विना वाच्दिन म, सोच्यौ तिमीले कसरी तिमी मेरो साका संसार, सोच्यौ तिमीले कसरी || गोरेटोहरू जिन्दगीको, एउटा तिम्रो नाममा भयो अल्झि वस्छू वरिपरी, सोच्यौ तिमीले कसरी || माया गर्छू तिमीलाई, अरुलाई नगर्ने हैन भुलिदिन्छ संसारलाई, सोच्यौ तिमीले कसरी || केहि चुम्मन ओठभरी, मन बाध्न काफी छैन प्रेमकी देवी तिमी मात्रै, सोच्यौ तिमीले कसरी || समयको बेग संगै, बगिहिडे म पनि फर्कि आउछू तिम्रैलागी, सोच्यौ तिमीले कसरी || तिमी विना वाच्दिन म, सोच्यौ तिमीले कसरी तिमी मेरो साका संसार, सोच्यौ तिमीले कसरी ||

Newton's Law of Bookkeeping

This is how science and accounting blend together. Newton’s Law of Motion III. “ For every action there is an equal and opposite reaction. ” Double Entry Bookkeeping System: “ For every transaction that happens, there are two effects, one opposing the other, debit and credit. ” According to Newton, whenever objects A and B interact with each other, they exert forces upon each other. When you sit in your chair, your body exerts a downward force on the chair and the chair exerts an upward force on your body. There are two forces resulting from this interaction - a force on the chair and a force on your body. These two forces are called action and reaction forces and are the subject of Newton's third law of motion. ~ The Physics Classroom F­ A = F B The double entry bookkeeping system is the basis of all the transactions that takes place in the world. It is the very foundation of the accounting system which helps to run the business of the world

Option!

Life is wonderful and opportunities lies everywhere for those who can see them. The bird cuckoos early at 5:30 am, everyday. Time to wake up. I am a very simple person with most simple life (smile, laugh, hangout, work and upgrade) in Earth. I love my life, my job and the entire world. My office is located exactly 5kms from my residence. Walking is my favorite task. I walk for a km and travel 4kms through public transport. This time of my day is the happiest moment in my life. While I keep walking, I see other people. Some going for job, some for school, some doing their business and some just going around, some are extremely happy and some extremely sad. I smile on every face, everyone is productive being, or at helping other to be productive. I am thankful to the beggar at the side of the street who reminds me, encourage me, to study, gain experience, upgrade, smile, work and always be happy. The cost for my travel for 4kms is Rs. 10 i.e. $0.01. Only that much. It’s j

नया मोड

पिञ्जडाको चरा जस्तै खुम्चिएको पखेटाले आज फेरि जिन्दगीमा एउटा उडान लिन चाहेँ  उड्न सक्चु सक्दिन त्यसको चिन्ता कहाँ छ र जिन्दगीमा फेरि मैले एउटा कदम चाल्न चाहेँ॥   सपना देख्ने आँखहरुले सपना नै भुले पनि एउटा अर्को सपना मैले आज बुन्न चाहेँ उठियो-लडियो कयौँ पटक, नदु:खेको कहा हो र जिन्दगीमा फेरि पनि लड्न अनि उठ्न चाहेँ॥   बानि छैन उड्ने पनि कसरि पो गर्ने हो आकास छुने ईच्छा राखि एउटा छलान मार्न चाहेँ जिन्दगीमा गल्ति गर्न हुन्न कहाँ लेख्या छ र एउटा अर्को गल्ति सहि, मैले केहि सिक्न चाहेँ॥   आज मैले गरिन त भोलि पनि गर्ने छैन भोलेको त्यो जिन्दगीलाई वाटो खन्न आज चाहेँ भयो गयो सबै सकियो दोसि यहाँ को नै छ र भोलीको राम्रो पलको आधार आज खोज्न चाहेँ॥

म को ? किन बाचेको ?

अचानक मनबाट अनौठो भएर आयो । वरिपरि हेरे । केही  ठम्याइन । भर्खर मोबाईल switch-off  गरेर on  गर्जस्तो । केही  function  नै नचल्ने । खाली । देब्रे भित्तामा " silence  please" र " switch-off  your mobile phone" को ब्यानर टाँगेको थियो । त्यसका माथि ३ वटा फ्यान आफ्नै तालमा घुमी रहेका । एकछिन घोत्लिएँ । प्राय साँ झाको समय मेरो “Apex Library” मै बित्ने गर्छ । “updates” लिन र “contact” राख्न त्यहाँ जाने गर्छु । ट्युसन   भएको बेला अलि चाडै औउँछु । अहिले off season । ६ बज्दा ठ्याक्कै कलेज मा । सधै जस्तै बशेर नेट चलाउन थालेको रहेछु । धेरैबेर सोचेपाछी बल्ल थाहा पाए । तर आज अनौठो लागि रहेको थियो । खै किन हो । फेसबूक खुल्लै रहेछ । कोहि संग च्याट गर्दै रहेछु । च्याटको थुप्रो भै सकेछ । के रिप्लाई गर्ने सोच्न सकिन । बन्द गरिदिएँ । माथि नाम आउने ठाउंमा पुलुक्क हेरे । नितेश खतिवडा । नाम केहि अनौठो लागो । केहि चिने जस्तो पनि लाग्यो । एकछिन टोलाई रहे । मेरै नाम पो रहेछ । मलाई सबैथोक अनौठो लग्न थाल्यो । वाक्क लगेर आयो । घर गए । बाटो पनि अनौठो नै थियो । घर । कोठा । टेबुल । स

प्रेम चक्र

जिन्दगीको भेटे साथि, त्यो डाँडाको पल्लो पटि प्यारो लाग्ने देखें छाया, त्यो डाँडाको पल्लो पटि || विचमा एउटा पुल थियो, हुरी आइ उडाइदियो धेरै पछि देखें माया, त्यो डाँडाको पल्लो पटि || तिमीले मात्र हैन माया, मैले पनि गर्ने गर्थें छुट्यो आज माया मोह, त्यो डाँडाको पल्लो पटि || समाजले आँखा लाउछ, चोखो प्रेममा भन्ने गर्थौ आखा छोपी भाग्यौ तिमी, त्यो डाँडाको पल्लो पटि || आउ भेट्न अन्तिम पटक, भन्दा पनि मानिनौ रे अर्कै संसार सजायौकि , त्यो डाँडाको पल्लो पटि || अब त आस पनि, मरि सक्यो मनवाट देखे डोली सजिएको, त्यो डाँडाको पल्लो पटि || तिम्रौ नामको माला जप्थें, भगवान मेरो माने पछि भगवानले नै धोका दिए, त्यो डाँडाको पल्लो पटि || कस्तो माया लाईएछ चिन्दगीको पैलो चोटी छिया छिया भयो मुटु, त्यो डाँडाको पल्लो पटि ||

मण्डले

मण्डले शब्दको नेपाली शब्दकोसले ‘ अरुको अहित चिताउने , उपद्र्वी ’ भनेर अर्थ लगाएको रहेछ। यो शब्द मण् ड ल र ए को सुमधुर संयोजन बाट बनेको रहेछ। साधारण मानिसले लाउने अर्थ चाही “लोकतन्त्र विरुध्द षडयन्त्र गर्ने” हुन आउँछ । तर यी सारा पुरातात्विक मण्डलेका अर्थ मात्र भए । आउनुहोस हेरैँ पुराना र नया मण्डलेमा के फरक रहेछ । सट्ट सुन्दा लाग्छ मण्डले मन + डल्ले को सम्योजनबाट बनाइएको शब्द हो जसको अर्थ हुन आउँछ “डल्लो मन भएको” । आजको आधुनिक युगमा आधुनिक मण्डलेश्वर वन्ने होड वढेको देखिन्छ । “मुखमा राम राम बगलिमा छुरा” भझैँ यी आधुनिक मन्डल्लेहरु मुखले सबै समान भन्छन, राम्रे गर्नु पर्छ, अबसर दिनु परछ भन्छन तर मनमा भने नराम्रा वा निरङकुस कुरा डल्ले पारेर एक कुनामा लुकाएर राक्छन । यसको उदाहरण तपाई जाहा ताहीँ पाउनुहुन्छ । राजनिती, व्यपार – व्यवसाय, कर्मचारी, शौक्षिक सँस्था आदी सबै ठाँउमा मनडल्लेको घुँइचो छ । सबैले मनमा नराम्रा कुरा डल्लो पारेर अनुहारमा किचिक्क लोकतन्त्र, समानता, खुला प्रतिसपर्दा, वरावर अवसर आदिका व्यानर झुन्डाएकै हुन्छन । तपाईले सोच्नुहोला “कसरि ट्याक्कै सवै

अन्तिम पत्र

मिति: १९/०१/२०७१ मैले यो पत्र एक - दुइ दिन अगाडी मात्र लेखेको भए यसमा केहि सम्बोधन हुने थियो ।  मैले लेख्ने थिए प्रिय प्रेमिका , अथवा , मेरी हृदयकी रानी र यो पत्रको बिसय बस्तुनै फरक हुने थियो । आज म अन्योलमा छु । यो पत्रको सम्बोधनको बारेमा । तिमी मेरो प्रिय रहिनौ र यो मेरो जीवनको एउटा नया सत्य हो । तिमीलाई first semester देखीनै देखि रहेको भए पनि तिमी प्रति म कहिले आकर्षित भैन । तिमिलाई मैले कहिले प्रेम गरौला भनेर सोचेको पनि थिएन । तर म यो पनि नकार्न सक्दिन, जब तिमी तिम्रो त्यो black tank top लाएर, आँखामा गजल पोतेर class मा आउथ्यौ, तिमीलाई परि भन्दा केहि काम देखिन्न थियो । Class tourमा तिमी संग नजिकिनु एउटा संयोग थियो । सायद समयको माग । हामी  नाजिकिनुको धेरै कारण थिए । र ती कारणहरु हामीलाई नजिक बनाउनैलाई उपस्थित भएको म मान्छु । तिमी संग संगत बढ्दै जादा थाहा पाए तिमि अरु जति मन्क्षेलै judge गर्दैनौ । म  तिमी प्रति आकर्षित भए ।  तिमीलाई प्रेम गरे  ।  मैले जुनमा तिमीलाई देखेको छु ,  भिडमा तिमीलाई भेटेको छु ,  नचिनेको मान्छेलाई तिमी भनि बोलाएको छु ,  तिम्रो लागि कविता लेखेको छ