अचानक मनबाट
अनौठो भएर आयो । वरिपरि हेरे । केही ठम्याइन । भर्खर मोबाईल switch-off गरेर on गर्जस्तो । केही function नै नचल्ने ।
खाली । देब्रे भित्तामा "silence
please" र "switch-off your mobile phone" को ब्यानर टाँगेको थियो । त्यसका
माथि ३ वटा फ्यान आफ्नै तालमा घुमी रहेका । एकछिन घोत्लिएँ ।
प्राय साँझाको समय मेरो “Apex Library” मै बित्ने गर्छ
। “updates”
लिन र “contact” राख्न त्यहाँ जाने गर्छु । ट्युसन भएको बेला अलि
चाडै औउँछु । अहिले off season । ६ बज्दा
ठ्याक्कै कलेजमा । सधै जस्तै बशेर नेट चलाउन थालेको रहेछु ।
धेरैबेर सोचेपाछी बल्ल थाहा पाए । तर आज अनौठो लागि रहेको थियो । खै किन हो ।
फेसबूक खुल्लै
रहेछ । कोहि संग च्याट गर्दै रहेछु । च्याटको थुप्रो भै सकेछ । के
रिप्लाई गर्ने सोच्न सकिन । बन्द गरिदिएँ । माथि नाम आउने ठाउंमा पुलुक्क हेरे ।
नितेश खतिवडा । नाम केहि अनौठो लागो । केहि चिने जस्तो पनि लाग्यो । एकछिन टोलाई रहे । मेरै नाम पो रहेछ । मलाई
सबैथोक अनौठो लग्न थाल्यो । वाक्क लगेर आयो । घर गए । बाटो पनि अनौठो नै थियो । घर । कोठा । टेबुल । सबै नौला । बिचलित भएर बसी रहे । बसी रहेको बेला एउटा
प्रश्न मान मा आयो । म को ? किन बाचेको ?
खान बनए । खाएँ ।
प्रश्नले बिथोली रह्यो । म को ? किन बाचेको ?
बिथोलिएको मान
लिएर रेडियो चलाउन थाले । star fm मा प्रबचन आउदै
रहेछ । त्यहि अडिए । गुरु भन्न लागे "यो सर संसार एउटा सपना हो । जग्नुस यसबाट । न अल्मलिनुस । न झुकिनुस यो सत्य हो भनेर । यो संसार यो
जिन्दगि एउटा सपना मात्र हो ।" म झसङ्ग भए । दिनभर के भएको पत्तो पाएको थिएन
। किन यस्तो विचार आइरहेछ पनि थाहा थिएन । साचै सपनापो हो कि जस्तो लग्यो ।
गुरुले सपना बाट जाग्नु त भने तर उपाए भनेनन् । मलाई जाग्नु थियो । उठ्न लाई
आफुलाई चिमोटे । झापड हने - दुख्यो । अनुहार धोए । खेर्सानी खाए - पिरो बयो । आनेक गरे । निकै अबेर भएपछि
निन्द्रा लग्यो । सपना हैन रहेछ भन्ने थहा भयो ।
बिहान उठ्दा
त्यहि प्रश्न फेरे दिमागमा दौडेर आयो । म को ? किन बाचेको ?
टेबलमा राखेको “भागवत गिता” तिर आँखा गयो । विश्वका कत्रा-कत्रा प्रश्नका उत्तर त्यहाँ हुन्छ भन्ने सुनेको थिए । पढ्न थाले
। कृष्णले अर्जुनलाई एक ठाउं भनेका रहेछन "किन डरउछौ यिनीहरुलाई मार्न ? यि सब त पहिले मरिसकेका
हुन् । तिमी पनि मरि सकेका छौ । यो मुर्दा सरिर्लाई मार्न येत्रो हिच्किचाहट ?
आखिर किन ? आत्मा आमार छ । सरिर मरि सक्यो । संकोच नगर ।"
जिन्दगि दुइ त्यान्द्रो त रहेछ । आश र साशको । आशनै नरहेपछि साशको केहि मोल हुन्न रहेछ । त्यसै पनि मुर्दा सरिर । स्वयम् भगवान श्री कृष्णले भन्नु भएको । चुटाइदिउँ चुटाइदिउँ जस्तो लग्यो - साशको त्यान्द्रो ।
म अझै बिथोलिए । आँखा अगाडी झुन्डिएको "वर्ल्ड म्याप" मा आँखा गयो । नेपाल हेरे । भारत हेरे । चाइना हेरे। नेपाल त बर्षे पछि खुम्चिदै गएको रहेछ । म जस्तै । आर्थिक अनि मानबिय प्रगति सधै घट्दो । नेपालका आफन्त “नेपाली”लाई नेपाल बस्न मन छैन । सबै हिडी रहेका छन् । छिमेकि साथीलाई हेर्ने फुर्सद नि छैन । आफ्नै चटारो छ । ठ्याक्कै मेरै जिन्दगि देखे । प्रत्येक नेपालीले आफ्नो जिन्दगी देखी वाक्क लगेर कुनै न कुनै बेला कुनै देशमा अलप भए हुन्थिएओ भन्ने सोचेकै होलान । आधा नेपाली बाहिर, नेपालका त्यसै वाक्क । त्यस्तै कुनै देशमा अलप भए सुखको जिन्दगि त हुन्थियो । महाभारत श्रीन्खला सम चाइनाको अरु भारतको । नेपाल न भएको कसलाई मतलब । एक दुइ वटा देश भक्त १-२ दिन रोलन । नया सरकारमा रमाउने छन त्यसपछि । भगवान बुद्ध पहिले नै भारतका भै सके, सगरमाथा र यार्चागुम्बा चाइनाको हुन्छ । म कतै हराए भनेनि कसलाई के मतलब । कसलाई के थाहा । १-२ जना २-३ दिन रोलन। बानि त हो । फेरीहाल्छनी । जाबो एउटा त्यान्द्रो त हो सास । धेरै लागे एक मिनेट ।
हुनत ऐले मलाई कसैले फोन गर्यो र बोलन थाल्यो भने मेरो मनस्थिति उसले बुझ्दैन । हासेर मजाले बोल्न सक्छु । त्यो एस्तो क्वालिटी हो जसलाई मैले मजाले सिकेको छु । खुशी भएको नाटक गर्ने । सबैलाई ढाट्न सक्ने । तर आफ्नो मानलाई ढाट्न कसले सक्ने ? नाटक गरेर कसले झुक्क्याउन सक्ने ? म को ? किन बाचेको ? कसले दिने यो प्रश्न को उत्तर ।
Yo k ho? Timro kunai
ReplyDeleteY k ho? Timro kunai moment ko reality ho? Fiction ho? K ho? Fiction ho vane lekhna saili ramro xa...manxe le lekhkhekai Karan "manxe" vako ho. Reality vae- timi janminuko udesya yei sansarma xa, tei pauna lai bachne timile. Timi ma afnu vabisya dekhne haruka lagi bachne n arulai bachne udesya dina ka lagi bachne. Karma nai sabai vanda mathi xa. Karma garna lai bachne ho.
DeleteThank you so much for the comment.
ReplyDeleteAdmirable piece of written Nitesh Brother....keep it up..God Bless you.
ReplyDelete