Skip to main content

अन्तिम पत्र

मिति: १९/०१/२०७१


मैले यो पत्र एक - दुइ दिन अगाडी मात्र लेखेको भए यसमा केहि सम्बोधन हुने थियो ।  मैले लेख्ने थिए प्रिय प्रेमिका, अथवा, मेरी हृदयकी रानी र यो पत्रको बिसय बस्तुनै फरक हुने थियो । आज म अन्योलमा छु । यो पत्रको सम्बोधनको बारेमा । तिमी मेरो प्रिय रहिनौ र यो मेरो जीवनको एउटा नया सत्य हो ।

तिमीलाई first semester देखीनै देखि रहेको भए पनि तिमी प्रति म कहिले आकर्षित भैन । तिमिलाई मैले कहिले प्रेम गरौला भनेर सोचेको पनि थिएन । तर म यो पनि नकार्न सक्दिन, जब तिमी तिम्रो त्यो black tank top लाएर, आँखामा गजल पोतेर class मा आउथ्यौ, तिमीलाई परि भन्दा केहि काम देखिन्न थियो ।

Class tourमा तिमी संग नजिकिनु एउटा संयोग थियो । सायद समयको माग । हामी  नाजिकिनुको धेरै कारण थिए । र ती कारणहरु हामीलाई नजिक बनाउनैलाई उपस्थित भएको म मान्छु । तिमी संग संगत बढ्दै जादा थाहा पाए तिमि अरु जति मन्क्षेलै judge गर्दैनौ । म  तिमी प्रति आकर्षित भए । तिमीलाई प्रेम गरे । मैले जुनमा तिमीलाई देखेको छुभिडमा तिमीलाई भेटेको छुनचिनेको मान्छेलाई तिमी भनि बोलाएको छुतिम्रो लागि कविता लेखेको छु र आज यो मेरो जिन्दगीको पहिलो पात्र पनि लेख्दै छु । केवल तिम्रो लागि । "Miss You" भन्ने सब्दको अर्थ मैले तिम्रो प्रेममा थाहा पाए । सरिरको एउटा टुक्रा चोइटाएर निकाल्दा कति पिडा हुन्छ भन्ने अब मलाई थाहा छ । तिमी मुटुको टुक्रा भएकी थियौ । 

सायद ती केहि कारण नघटेका भए हामि आज पनि अपरिचित साथी मात्र हुनेथियौ । यश आर्थमा भन्नु पर्छ अहिलेको यो हाम्रो अवस्थाको पुरा दोषी त्यहि समय हो । त्यहि पल हो जसलाई हामीले मजसंगा बाँचयौं । घटना अर्कै भएको भए, तिमी अथवा म कोइ एक जना tour मा न गएको भए हाम्रो यो tour मा मैले तिमीलाई म प्रति आकर्षित गर्ने थिएन, तिमी मलाई प्रेम गर्ने थिएनौ र अन्त्यमा तिम्रो मुटु दुखाएर म आफ्नो बाटो लाग्ने थिन । तिम्रो मुटु दुख्ने नै थिएन, किन भने तिमीले मलाई प्रेम नै गर्ने थिएनौ । तिमी ऐले पनि चोखो, निश्चल, निर्मल र पूर्ण हुने थियौ । त्यस्तै लजालु, उत्कृस्ट र तिमी जस्तै, original । मेरो आगमनले तिमीलाई धेरै कुरामा बदलेको छ । यसको लागि म माफी चहन्छु । तिम्रो जिन्दगि बाट मेरो बहिर्गमनले तिमीलाई ठुलो चोट पुग्नेछ भन्ने मैले बुझेको छु । तर म यो कुरामा केहि गर्न सक्दिन र माफी पनि माग्ने छैन । मलाई तिमी संगको बिछोड केहि फरक परेको छैन । यो एउटा पल थियो, जुन हुनु नै थियो । मैले केहि सिक्नु थियो  तिमीले केहि सिक्नु थियो ।

तिमी भन्ने गर्थेउ, “मलाई कसैको बिश्वास लाग्दैन । सबैले धोका दीने गर्छ । मैले धेरै जना त्यस्तो देखेको छु । म जिन्दगीमा कुनै केटालाई बिश्वास गर्ने छैन" । आखिर येस्तैनै भयो । मानिसले जे सोच्छ त्यहि पाउछ भन्ने सुन्य थिए, ऐले जिन्दगीलाई फर्केर हेर्दा लग्क्ष, सायद सत्य हो । तिमी संगको प्रेम र बिछोड भए जस्तै जिन्दगि कुनै दिन बालापनमा मैले पनि सोचेको थिए । आखिर त्यस्तै भै छोडयो ।

तिमीलाई मैले तिमीले चाहेको खुशी दिन सकौला कि न सकौला भन्ने चिन्ताले मैले धेरै रात नसुति कटाको छु । तर तिमी मेरी सपनाकी रानी हो कि हैन भन्ने कुरा मैले कहिले सोचिन । जब सम्म तिमीले मलाई माया गर्छौ त्यति बेला सम्म केहि समस्या छैन भन्ने मैले बुझेको थिए । तर ऐले थाहा पाए त्यो सोच्ने कुरा थियो । त्यति मात्र हैन, समाजमा हाम्रो सम्बन्ध कतिको स्वीकार्य हुन्छ, माता पिता र दिदिको सामाजिक प्रतिष्ठामा कस्तो प्रभाव पर्छ, दिर्गकलिन जिएवनमा कस्तो अशर पर्छ आदि कुराले मायाको सत्यनास गर्दो रहेछ । मैले त्यो पछि थाहापाए । र त्यसको मलाई धेरै पछुतो छ । मैले तिमी संगको प्रेम सम्बन्ध येस कारण पनि टुंग्याको हु । मैले समाजको रितिलाई मेरो प्रेम भन्दा माथि राखे । यो राख्नु को कारण मेरै मनस्थिति हो, मैले समाजलाई बुझेको दृस्टीकोड़ र मेरा भाबी सन्तति प्रति मेरो दइत्वबोध र तिम्रो दिर्घकालिन सुख पनि येही मै छ भन्ने बिश्वास गरेको छु 

हाम्रो समाजमा स्वस्थानीको कथा मजाले पढिनछ । भगवन शिभा र पार्वतीको प्रेमको प्रसंशा गरिन्छ तर प्रेमलाई हेर्ने दृस्टीकोड भने बिल्कुलै फरक छ । प्रेमीहरुलाई बिछोडीन बाध्य बनाइन्छ, वियोगान्त जीवन बाच्नु पर्छ । मुना मदन, Romeo Juliet , लैला माझ्नु जस्तै आज प्रेमीहरु बिछोडिएका छन् । हाम्रो प्रेमको पनि त्यहि हबिगत हुने थियो, भयो । असफल, लाचार र अधुरो । तिम्रो र मेरो भेट, प्रेम हाम्रो जीवनको यात्रामा एउटा अबिस्मरनिया पल मात्र भएर बस्ने छ ।  तिमी र म दुबैले त्यो पल मजले, हर्सित भएर बच्यौँ र म त्यो पाल त्यसरिनै बितोष भन्ने चहान्थे । तिम्रो बिस्तारमा पल्टिएर यो पढी रहदा तिमीले सोच्दै होलाऊ कि मैले तिम्रो भवनको मजाक उडाए, तिमीलाई use गरे, तिमीलाई धोका दिए । यो सोची रहंदा मैले तिमीलाई धेरै पटक भनेको एउटा कुरा पनि तिमीले सम्झिनु पर्छ "मलाई प्रेम नगर, मलाई मिस नगर । म तिमीलाई छोडेर कुनै दिन टाडा जाने छु । कहिले फर्केर आउने छैन" ।

मैले तिमीबाट breakup पहिले पनि धेरै गर्न खोजेको हु । तर सकिन । मलाई ऐले लाग्छ मैले अलि केटा-केटि जस्तो व्यवहार पनि गरे । म अलि mature भैन । त्यसकै फल स्वरुप मैले तिमीसंग धेरै पल्ट breakup र pachup गरे । मानौ प्रेम जिन्दगीको खेल थियो र तिमी गुडिया । तर मैले त्यस्तो भने कहिले सोचेको हैन । म immature भएकै कारणले मात्र । तिमीलाई कुनै समयमा एस्तो लागेको भए मलाई माफी देउ । तिमी संग प्रथम पटकनै कुरा टुंग्याएको भए म र तिमी जस्तो अस्तव्यस्त भएका थियौ त्यस्तो हुने थिएनौ । तर मलाई त्यति धेरै आत्माग्लानी पनि छैन । मैले यो दुइ बर्सको अन्तरलमा धेरै कुरा सिक्न पाए । तिमीले धेरै कुरा सिकयौ । यसले मलाई मेरो जिन्दगि एउटा नया र उत्क्रिस्ता ढंग बाट बस्चना सहयोग गर्छ भन्ने कुरामा म पूर्ण बिस्वस्त छु ।

आज यो पत्र लेख्नुको कारण यो पनि एउटा हो । म मेरो कमजोरी कसैलाई हुन दिन सक्दिन । मेरो कमजोरी र मेरो साहास मेरो लागि म नै थिए र म नै हुनेछु । हाम्रो breakupको एउटा कारण मेरो यो घमण्ड पनि हो । यसको प्रभाव अहिले तिमीलाई के पर्छ भन्ने कुराको मलाई मतलब छैन किनभने जिन्दगिको कुनै मोडमा, म बिश्वस्त छु, तिमी पनि खुशी हुनेछौ  कहिँ कतै यस्तो दिन पनि आउने छ जहिले तिमीले मलाई धन्यबाद भन्न मन लाग्ने छ – यो पलको लागि र यो breakupको लागि । 

नोट :

म कृतज्ञ छु मेरा आम बुवा र मेरो प्रिय दिदि अन्जीला प्रति जस्सले आज म जे हुँ त्यो बन्नमा मलाई सानै देखि सहयोग, हौशला, प्रेरणा र साथ दिनु भएको छ । मेरो वाईयात विचार अनि कुराहरु लाइ सदा झेल्नु भएको छ र senseless लाsensible  बनाउन कहिले थाक्नु भएको छैन ।
म आभारी छु मेरा आतिनै मिल्ने साथीहरु आशिष, अस्मिता, अनन्त, संजय मेरिना प्रति जसले मेरो जीवनको हरेक मोडमा साथ दिएका छन् र सहि मार्गनिर्देश गरेका छन् ।
म आभारी छु Apex Collegeको अति नै न रुचाएको र विध्यार्थीबाट अति नै अपहेलित SMART कार्यक्रम प्रति जसले मलाई परिवर्तन नै जीवनको सार हो र परिवर्तनमा रमाउनुपर्छ भन्ने सिकायो । साथै यही कार्यक्रमबाट मैले राम्रो निर्णय र सहि निर्णय बीचको फरक पनि सिकेको छु । येही कार्यक्रम मार्फत सहि निर्णय लिन सक्ने छ्यमतको ब्रिधि पनि गरेको छु ।
मेरो blog पढ्ने र मलाई माया अनि सुझाब दिने सम्पपूर्ण इस्ट मित्र, नातेदार, छरछिमेकि, र शुभचिन्तकलाई मुरी मुरी धन्यबाद ।

Comments

Popular posts from this blog

Newton's Law of Bookkeeping

This is how science and accounting blend together. Newton’s Law of Motion III. “ For every action there is an equal and opposite reaction. ” Double Entry Bookkeeping System: “ For every transaction that happens, there are two effects, one opposing the other, debit and credit. ” According to Newton, whenever objects A and B interact with each other, they exert forces upon each other. When you sit in your chair, your body exerts a downward force on the chair and the chair exerts an upward force on your body. There are two forces resulting from this interaction - a force on the chair and a force on your body. These two forces are called action and reaction forces and are the subject of Newton's third law of motion. ~ The Physics Classroom F­ A = F B The double entry bookkeeping system is the basis of all the transactions that takes place in the world. It is the very foundation of the accounting system which helps to run the business of the world...

Sleepless Nights......

Sometimes I go back into time when I was a child and replay some memories that are still fresh. Like when I was in class 3, I used to look at my seniors of grade 10 and think ' Wow! They are great. Awesome. It must be very difficult.' I remember my mom saying when I was a child - looking to our neighbor, 'Her son is a bachelors graduate. He is great now. When will my boy be big enough. It must be such a glory'. I asked my mother last time we had a chat, ' Mom I am a bachelors graduate. Am I big enough or great now?' Her lovely answer was, 'You are always my cute little kid.' Her comment meant that - its not enough. Life must be big. And things are just beginning. However, SLC was and not a great deal anymore from where I stand. Its easy. On regards to bachelors, I passed it too with good grades. And now I see the implications of referring them as difficult and glorious. It is because the responsibility that comes after the graduation is great....

Beauty of Future!

While I walk in the street, my friends and relatives complain that I walk like I am going to beat someone. I guess the saying, “Walk as if you rule the world” made a deep impact on me from my very childhood. Not only that, I love observing people, their body language, their expressions and I also love to make guess of the situation that they might be in the current point of time. If you have never done this give it a try. Its so much fun. Last Thursday while I was returning from gym at around 6:30 pm, on my way I saw a couple sitting in the steps of a closed shutter. Couple as in a boy and a girl. The girl was carrying a baby, was saying something and her face were covered in tears. Though it was dark, I managed to look into her face with the help of the light of vehicles passing by. The boy was listening keenly. They were sitting as close as possible and at the same time, not trying to touch each other. I could look into them for only a few seconds. I  couldn't  stand...